अनुरागको बर्थ डेमा सेलिब्रिटीको जमघट

By: ParbatKhabar
7 months ago
view: 27

चलचित्र ‘छक्का पन्जा ३’ ए मेरो हजुर २’ लगायतका चलचित्रमा काम गरेका कलाकार अनुराग कुँवरले आफ्नो जन्मदिन मनाए । उनको जन्मदिनमा चलचित्रका कलाकारहरुको बाक्लो भिड देखियो ।

केही नेपाली चलचित्रमा अभिनय गरेपनि अनुराग नेपाली चलचित्रका अधिकांश कलाकारसँग निकै नजिक छन् । यसैले पनि उनको जन्मदिनमा सेलिब्रिटीले साथ दिए । साथै, प्रहरीका अफिसर, विभिन्न दलका नेता पनि उनको कार्यक्रममा पुगे । निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराई पनि अनुरागलाई शुभकामना दिन पुगेका थिए ।

 आफूले जन्मदिनमा सबैको माया पाएको भन्दै अनुरागले आगामी दिनमा पनि चलचित्र क्षेत्रको यात्रालाई निरन्तरता दिने बताए ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।