अन्तर्राष्ट्रिय राजनीतिमा क्युबाको भूमिका

By: ParbatKhabar
9 months ago
view: 112

क्युबामा क्रान्ति सम्पन्न भएको ६२ वर्ष पुग्दैछ । यी ६ दशकमा यो देशले उल्लेखनीय प्रगति गरेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रको आँखाको कसिङ्गर बनेर ६० वर्ष टिक्नु पनि आफैँमा चानचुने उपलब्धि होइन । अझ अमेरिकाको फ्लोरिडा राज्यबाट केवल ९० माइल मात्र टाढा रहेको देशका लागि । अमेरिकाले क्युबाको क्रान्तिलाई उल्ट्याउन कुनै कसर बाँकी राखेको थिएन । ६० वर्षसम्म लगातार नाकाबन्दी लगाइरह्यो तर पनि क्युबा झुकेन । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई हत्या गर्न मात्र अमेरिकाले ५०० पटकभन्दा बढी प्रयास गर्याे । तर हरेकचोटि ती प्रयास असफल भए । फिडेल आफूले सुरु गरेको क्रान्तिलाई सुदृढ बनाएर ९० वर्षको उमेरमा स्वाभाविक मृत्युवरण गरे । यो टिप्पणीमा क्युबाको अन्तर्राष्ट्रिय भूमिकाको बारेमा सङ्क्षेपमा चर्चा गरिने छ ।

 क्युबाले सन् ६० र ७० को दशकमा ल्याटिन अमेरिका र अफ्रिकाका बामपन्थी छापामार आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनलाई समर्थन र सहयोग गरेको थियो । जसमध्ये चे ग्वेभाराको कङ्गो र बोलिभिया अभियान प्रख्यात छ । दुर्भाग्यवश यी दुवै अभियान असफलतामा टुङ्गिए र चे ग्वेभाराको दुखद मृत्यु भयो । तर यसले क्युबाको विश्व क्रान्ति र मुक्तियुद्धलाई समर्थन गर्ने कार्यमा बिराम लागेन बरु अनवरत रूपमा जारी नै रह्यो । क्युबाले त्यो समयमा एल साल्भाडोर, ग्वाटेमाला, निकारागुवा, कोलम्बिया, बोलिभिया, भेनिजुयेला र अर्जेन्टिनामा चलेका छापामार आन्दोलनलाई सहयोग गरेको थियो । जसमध्ये १९७९ मा निकारागुवाको स्यानडिनिस्टा आन्दोलन मात्र क्रान्ति सम्पन्न गर्न सफल भयो । त्यसै क्युबाले अफ्रिकाको अल्जेरिया, गिनी बिसाउ, अङ्गोला आदि देशका मुक्ति आन्दोलनलाई समर्थन गरेको थियो ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।