अन्सिका शर्मा भइन् 'मिस युनभिर्स नेपाल २०२० को विजेता

By: ParbatKhabar
7 months ago
view: 18

काठमाडौँ — अन्सिका शर्मा यो वर्षको 'मिस युनभिर्स नेपाल २०२०' को विजेता बनेकी छन् ।

प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।

मिस युनिभर्स नेपालले उपहारमा नगद १० लाख प्राप्त गरेकी छन् । यो वर्ष मिस युनिभर्सको प्रतियोगिता छुट्टै आयोजना गरिएको थियो ।

यसअघि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले नै मिस युनिभर्ससँग सहकार्य गर्दै आएको थियो । गत फागुनमा नै मिस युनिभर्सले हिडन ट्रेजरसँग सहकार्य नगर्ने जनाएको थियो ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।