सरकारले राजधानीमा प्रदूषण बढेको कारण देखाएर सवारी आयात नियन्त्रण गर्न खोज्यो

By: ParbatKhabar
9 months ago
view: 83

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) बीच अन्तर्क्रिया कार्यक्रम भएको छ । अन्तर्क्रियामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सडक विस्तारमा सुधार भइरहे पनि त्यो पर्याप्त नभएको बताए ।

उनले नाडाले ट्राफिक प्रहरीसँग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको जानकारी गराए । कार्यक्रमका नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतिले नाडा र वाडा एकजुट भएर अघि बढनुपर्ने धारणा राखे ।

ad
ad
ad

उनले सरकारले राजधानीमा प्रदूषण बढेको कारण देखाउँदै सवारीसाधनहरुको आयातमै नियन्त्रण गर्न खोजेको सवारी व्यवसायीलाई महसुस भइरहेको दाबी गरे । उनले वाडाले आफ्नो प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिँदै प्रदूषण नियन्त्रणमा पनि पर्याप्त ध्यान दिनुपर्ने जानकारी गराए ।


प्रदेशस्तरीय अटो सो आयोजनाबारे सोच्न पनि उनको सुझाव छ । नाडाका महासचिव सुनील रिजालले अटोमोबाइल स्पेयर पार्टस् आयात गर्दा भन्सार नाकामा हुने समस्याबारे जानकारी गराए ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।